१२ बैशाख २०८१, बुधबार
Follow Us

ऐनमा सुझाव दिन एनआरएनएले बनायो समिति

नेपालब्रिटेन डट कम्
११ पुष २०७५, बुधबार १३:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारद्धारा प्रस्तावित एनआरएन ऐन संसोधनको लागि सुझाव दिन एक उपसमिति गठन गरेको छ ।
गत हप्ता सम्पन्न एनआरएनए सचिवालय बैठकले अध्यक्ष भवन भट्टको संयोजकत्वमा सो समिति गठन गरेको हो । समितिमा संरक्षकहरुलाई सल्लाहाकारमा राखिएको छ ।

समितिको सदस्यहरुमा डा. हेमराज शर्मा (युके), डा. अम्विका अधिकारी (अमेरिका), मन केसी (अष्ट्रेलिया), टिवी कार्की (कतार), सरोज दाहाल (नेपाल), शेरबहादुर केसी (नेपाल), कुल बहादुर कार्की ((केन्या), डा. बन्द्रि केसी (रसिया),शिव रिजाल (नेपाल), राजेश राणा (नेपाल), खगेन्द्र जिशी (अमेरिका), भवानी ओली (अष्टेलिया), नरेश कोइराला (क्यानाडा) र सुरेन्द्र श्रेष्ठ (युके) छन् ।

समितिको सल्लाहकारमा पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन र संरक्षक रामप्रताप थापा छन् । समितिको पहिलो बैठक बुधवार सम्पन्न भयो । बैठकले ऐन संसोधनका लागि गृहकार्यलाई तिब्र पर्ने निर्णय गरेको छ ।
यसअघि नेपाल सरकारले संघलाई एक पत्र लेख्दै सुझावको माग गरेको थियो । गैरआवासीय नेपाली सम्वन्धी ऐन आजवाट शुरु भएको हिउँदे अधिवेशनमा पेश हुने अपेक्षा गरिएको छ ।