११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन अमेरिका अध्यक्ष पौडेलको लण्डनमा स्वागत

नेपालब्रिटेन डट कम्
११ पुष २०७५, बुधबार १५:४७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष केशव पौडेललाई लण्डनमा स्वागत गरिएको छ । पारिवारीक भ्रमणको लागि वेलायत आएका पौडेलको सम्मानमा गैरआवासीय नेपाली संघ युकेले बुधवार लण्डनमा एक सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष पौडेलले वेलायतबासी नेपाली र अमेरिकामा रहेका नेपालीका मुद्धामा समानता रहेको वताए । उनले गैरआवासीय नेपालीहरुको नागरिकता लगायतका विषयमा दुबै राष्ट्रिय समिति बीच सहकार्य गरेर अगाडी बढ्न सकिने विचार व्यक्त गरे ।

करिब १ दर्जन गैरआवासीय नेपालीहरुको सहभागी रहेको सो कार्यक्रममा संघका उपाध्यक्ष कुल आचार्य, पूर्व सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएन युकेका उपाध्यक्षहरु प्रेमगाहा मगर, ललित न्यौपाने, उपमहासचिव विनय अधिकारी, गंगा राना, सुमाया लिम्बु लगायतले बोलेका थिए ।

अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव राजकुमार त्रिपाठीले गरेका थिए । कार्यक्रममा आइसीसी सदस्य रामशरण सिमखडा, एनआरएन अभियान्ता कृष्ण तिमिल्सीना, डा. मिन रानाभाट, देव गुरुङ्ग लगायतको उपस्थिती थियो ।