१२ बैशाख २०८१, बुधबार
Follow Us

तीन राजदूतलाई फिर्ता बोलाइयो

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७५, बिहीबार ०५:२८

काठमाडौं । सरकारले तीन देशका राजदूतलाई फिर्ता बोलाएको छ । राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनीहरुलाई फिर्ता बोलाउन निर्णय गरेको हो । उनीहरु तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त भएका थिए । राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ ।

भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका थिए । देउवाका पालामा नियुक्त राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यानमार) र ओलीकै अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त शर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन ।

कांग्रेस कोटामा नियुक्त बाँकी चार राजदूतलाई समेत फिर्ता बोलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । तत्कालीन फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भए पनि नेकपानिकट भएका कारण पराजुली भने फिर्ता हुने सूचीमा छैनन् ।