१५ चैत्र २०८०, बिहीबार
Follow Us

धादिङमा बस दुर्घटना हुदा ११ को मृत्यु

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७३, मंगलवार ०७:४१

धादिङमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।
मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए।
घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।