११ बैशाख २०८१, मंगलवार
Follow Us

संयुक्त खस क्षेत्री राष्ट्रिय महाधिवेशन आजदेखि

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७५, शुक्रबार ०४:२०

इटहरी । संयुक्त खस क्षेत्री एकता समाजको इटहरीमा आजदेखि प्रारम्भ हुने दोस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संयुक्त खस क्षेत्री एकता समाजले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । देशभरका झण्डै ५०० बढी प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहने उक्त महाधिवेशनले इटहरी घोषणापत्र जारी गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा समाजका अध्यक्ष माधवप्रसाद थापाले देशको समसामयिक विषयसँगै सम्पूर्ण जातजातिको समान पहुँच स्थापित हुनुपर्ने कुरामा खस क्षेत्री एकता समाजले विशेष जोड दिने तयारी पनि गरिरहेको बताइएको छ ।

खस क्षेत्री एकता समाजको नयाँ नेतृत्वको समेत चयन हुने उक्त महाधिवशेनको सम्पूर्ण तयारी भएको बालकृष्ण कार्की र पवन बोगटीले थप जानकारी दिनुभयो । महाधिवेशको खुल्ला शत्रमा विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताको सहभागितासहित सम्बोधन गर्ने कार्यक्रम तय भएको पनि जानकारी दिइएको छ ।