१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७५, शुक्रबार ०९:३३

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको हो ।

बैठकमा अध्यक्षद्वयले सदस्यहरुले दिएका सुझाव राजनीतिक प्रतिवेदनमा समेट्ने आश्वासन दिएपछि पारित भएको हो । यसअघि हिजो बसेको बैठकमा अध्यक्षद्वको राजनीतिक प्रस्तावमा सहमति जुट्न सकेको थिएन । बैठकले सांगठनिक एकीकरणको काम पुस मसान्तभित्र सक्ने निर्णय गरेको छ । त्यसका लागि गृहकार्यसहित सुझाव प्रतिवेदन पेश गर्न ९ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलले पेश गरेको प्रतिवेदन स्थायी कमिटीको बैठकले अन्तिम रुप दिने छ । कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, योगेश भट्टराई, लेखराज भट्ट र बेदुराम भुषाल छन् । कार्यदललाई चाँडै प्रतिवेदन पेश गर्न निर्देशन दिईएको छ ।