१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पत्रकार महासंघ बेलायतद्वारा दुख व्यक्त

नेपालब्रिटेन डट कम्
१३ पुष २०७५, शुक्रबार १८:५६

लण्डन । तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङलाई मातृशोक परेको छ । गुरुङकी आमा श्रीमती चिजा गुरुङको विहिबार बिहान पोखरास्थित आफ्नै निवासमा निधन भएको हो ।

तमु धिं यूकेको आयोजनामा आउंदो आइतबार रेडिङमा हुने ल्होसार कार्यक्रममा अध्यक्ष गुरुङले आफ्नो कार्यकाल पूरा गरी औपचारिक रुपमा नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङलाई कार्यभार हस्तान्तरण गर्ने कार्यक्रम थियो ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले एक शोक वक्तव्य जारी गरी दुख व्यक्त गरेको छ । शाखा अध्यक्ष नरेश खपांगीमगरले जारी गरेको वक्तव्यमा महाससंघका सदस्य समेत रहेका गुरुङकी आमाको निधनबाट शाखा स्तब्ध भएको जनाइएको छ । स्व गुरुङको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना समेत व्यक्त गरिएको छ ।

यता अध्यक्ष गुरुङकी आमाको निधनमा बेलायतस्थित सिंगो नेपाली समुदायले शोक व्यक्त गरेको छ ।

 

तमु धिं यूकेले पनि अध्यक्ष गुरुङलाई परेको मातृशोकमा दुख व्यक्त गरेको छ । मृतआत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष गुरुङ र शोकाकशुल परिवारमा समवेदना प्रकट गरिएको छ ।

आमाको निधनको खबर पाएलगत्तै अध्यक्ष गुरुङ विहिबार नै नेपाल प्रस्थान गरेका छन् ।