११ बैशाख २०८१, मंगलवार
Follow Us

अस्ट्रेलियामा बेपत्ता भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको शव फेला

नेपालब्रिटेन डट कम्
१३ पुष २०७५, शुक्रबार १९:०१

अस्ट्रेलिया । करिब २ वर्ष अगाडी नर्सिङ्ग पढ्नका लागि एडीलेड आएका नेपाली बिधार्थी निश्चल घिमिरेको शव वेस्ट विच बोट र्याम्पमा फेला परेको छ। उनको शव अस्ट्रेलियाको समय अनुसार साँझ साढे ७ बजे फेला परेको हो। यस दुखद् घडीमा मृत आत्माको शान्तिको कामना गर्दै गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलियाले हार्दिक समवेदना प्रकट गरेको छ।

हिजोदेखि हराईरहेका निश्चलको खोजिका लागि रेस्कु टोली हिजो देखि नै खटिरहेको थियो । हेलिकप्टर, पैदल, जलमार्गबाट खोजिकार्य गरिएको थियो ।

निश्चलले डिसेबिलिटि चाईल्ड केयरका रुपमा काम गर्दै आएका थिए। बोल्न नसक्ने बच्चालाई (Client) बिच (समुन्द्रमा) लिएर गएका उनी हिजो बेलुका ४ बजे काममा निस्केको उनीसँगै बस्ने नेपाली साथी कुमारले बताएका छन्।

बच्चा नफर्किएपछि पुलिसमा रिपोर्ट भएको थियो भने त्यहिबेला बच्चाले समुन्द्री तटह नजिकै रहेको घरमा भिजेको लूगा सहित गएर ढोका ढकढकाए पछि त्यो परिवारले समेत पुलिसलाई जानकारी दिए पछि करिब राती १२ः३० बजे घटना बाहिर आएको थियो।

बच्चा भिजेको लूगा सहित बाहिर आएको हुँदा निश्चल पनि समुद्रमा पुगेको अनुमान गरि त्यहि वरीपरि खोजि गरिएको थियो। धटना भएको नजिकै उनको सेतो मिट्सुबिसी कोल्ट कार समेत फेला परेको छ।

उनका कपडाहरु र मोबाइल समेत गाडी मै रहेको अवस्थामा भेट्टिएको थियो। यस घटनाका बारेमा परिवारले जानकारी पाईसकेको र उनका दाई यहि आईतबार सम्म एडीलेड आईपुग्ने बताईएको छ। उनका आफन्तले निश्चलको शव भएको पहिचान गरेपछि हाल पोष्टमार्टमको कार्य सुरु भएको त्याहाँ रहेका नेपालीले जनाएका छन्।