८ बैशाख २०८१, शनिबार
Follow Us

मलेसियाले आप्रवासी कामदारका लागि सामाजिक सुरुक्षा सम्बन्धी नयाँ व्यवस्था लागू गर्ने

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७५, शनिबार ०६:२६

काठमाडौं । मलेसिया सरकारले आप्रवासी कामदारका लागि सामाजिक सुरक्षा सम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ । सन् २०१९को जनवरी १ देखि लागू हुने विदेशी कामदारलाई मलेसियाको सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने नयाँ व्यवस्था गरिएको हो ।

संस्थामा दर्ता भएका विदेशी कामदारले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता तथा पुनःस्थापना लगायतका विभिन्न सुविधा प्राप्त गर्ने क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले मलेसियामा कार्यरत नेपाली कामदारलाई रोजगारदातासँग सम्पर्क राखी सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनमेत अनुरोध समेत गरेको छ । यस्तो सुविधा गैरकानूनी रुपमा बस्ने कामदारले नपाउने बताइएको छ ।