१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ५ जना उम्मेदवार

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७५, शनिबार ०६:२९

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट ५ जना उम्मेदवार छनौट भएका छन् । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले योग्यता पुगेका अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, सुरेन्द्र पौडेल, र लोकबहादुर खड्काको नाम छनोट गरेको हो ।

छनौटमा परेकाले कार्ययोजना पेश गरेपछि त्यसका आधारमा समितिले तीन जनाको नाम छनोटका लागि मन्त्रीपरिषदमा सिफारिस गर्नेछ । ती मध्ये एक जनालाई मन्त्रिपरिषदले आयल निगमको कार्यकारी निर्देशकमा नियुक्ति गर्नेछ ।