१३ बैशाख २०८१, बिहीबार
Follow Us

कर्मचारी सरुवामा मन्त्रालयबाटै अनियमितता

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७५, शनिबार ०६:३०

काठमाडौं । आर्थिक चलखेल र राजनीतिक आस्थाका आधारमा हुने कर्मचारी नियुक्ती, सरुवा र बढुवाले हरेक क्षेत्र आक्रान्त छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालयबाट चुहिएको एउटा पत्रले कर्मचारी सरुवाको नाममा भइरहेको अनियमिततालाई खुलासा गरेको छ ।

प्रदेश नं ५ का सांसद सहसराम यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई सरुवा सम्बन्धि एउटा पत्र पठाएका थिए । जसमा स्पष्टै रुपमा नाम उल्लेख गर्दै ३ जना स्वास्थ्यकर्मीलाई पार्टी विरोधी भएको कैफियत सहित अति दुर्गम क्षेत्रमा सरुवा गर्न भनिएको थियो । यद्यपी स्वास्थ्य मन्त्री उपेन्द्र यादबले भने यो पत्रका बारे अनभिज्ञता व्यक्त गरेका छन् ।

झण्डै एक महिना अघिको उक्त पत्रमा उपसचिब, चिकित्सक,स्वास्थ्य सहायक, अहेव र अनमी २५ जना स्वास्थ्यकर्मीको नाम उल्लेख छ । पार्टी विरोधी भनिएका एक चिकित्सक र दुई वरिष्ठ अहेबलाई अति दुर्गमस्थानमा सरुवा गर्न आग्रह गरिएको छ । यता कर्मचारीहरुले भने अध्ययन र तथ्यांक बिना राजनीतिक आस्थाका आधारमा हुने सरुवा बढुवाले स्वास्थ्य क्षेत्रलाई नै अस्तव्यस्त बनाएको गुनासो गरेका छ ।

स्वास्थ्य सेवा नियमावलीअनुसार सरुवा प्रक्रिया हुने भनिएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक वर्षको असोज महिनाभित्र कर्मचारी सरुवा गरिसक्नुपर्ने हुन्छ । तर अहिले समायोजन सम्वन्धी अध्यादेशका कारणसरुवा सम्वन्धी सबै कार्य रोकिएको छ । यद्यपी आर्थिक चलखेल र राजनीीतक आस्थाका आधारमा कर्मचारी नियुक्ती, सरुवा र बढुवा भने भइरहेको छ जसले स्वास्थ्य सेवा त प्रभावित भएकै छ , कर्मचारीमा निरासा समेत बढाएको छ ।