१२ बैशाख २०८१, बुधबार
Follow Us

स्वर्गीय राजा विरेन्द्र शाहको ७४ औँ जन्मजयन्ती आज

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७५, शनिबार ०६:३५

काठमाडौं । स्वर्गीय राजा विरेन्द्र शाहको ७४ औँ जन्मजयन्ती आज मनाइँदैछ । बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो ।

राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेका थिए । उनले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय पनि गरेका थिए । शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा मृत्यु भएको थियो ।