१५ बैशाख २०८१, शनिबार
Follow Us

धादिङमा सडक दुर्घटना : १७ जनाको निधन

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७३, मंगलवार ०८:३१

आश्विन । धादिङमा बस दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो । मंगलबार बिहान ७ बजे धादिङबेसीबाट छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सवारी सञ्चालन अनुमति पत्र नलिई धादिङबेसीबाट छुटेको बसमा कति यात्रु सवार थिए भन्ने नखुलेको छैन । दुर्घटनामा ९ जना गम्भीर घाइते भएको बताइएको छ । ग्रामिण सडक हुँदै झारलाङ्ग गाविसको चिताङ्गका लागी छुटेको बस दुर्घटनामा परेको खबर आए लगत्तै प्रहरीको टोली त्यसतर्फ गएको छ । बर्षाको समयमा कच्ची सडकमा गुडेको सो बसमा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको आशंका गरिएको छ । घटनाको विस्तृत बिबरण आउन बाँकी छ ।
तस्बिर : अनलाइन खबर