१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्वर्ण विजेता महर्जनलाई रु ५० हजार

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७५, शनिबार १३:३२

दशौँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनशिपमा स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कूलले शनिबार नगदसहित सम्मान गरेको छ । शुभताराको २० औँ वार्षिक खेलकूद दिवसको समापनका अवसरमा शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले महेश्वरलाई रु ५० हजारसहित सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो ।