१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अफ्रिका क्षेत्रको तेस्रो बैठक युगान्डामा शुरु

नेपालब्रिटेन डट कम्
१४ पुष २०७५, शनिबार १८:४१

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को तेस्रो अफ्रिकाको क्षेत्रीय बैठक आजबाट युगान्डामा शूरु भएको छ । युगान्डाको राजधानी सहर कम्पालामा बैठक शूरु भएको हो । बैठकको कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्यालले औपचारिक उद्घाटन गरे।
कार्यक्रममा एनआरएनका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, सचिव डिवी क्षत्री, कोषाध्यक्ष हिक्मत थापा, मध्य पूर्वबाट आइसिसी सदस्य मनोज गोर्खालीलगायत सहभागि छन् ।

बैठकमा युगान्डा सरकारका पर्यटन राज्यमन्त्री, निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागि छन् । युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन र नेपालसँग साझेदारीका सम्भावना बारे कार्यपत्रहरु प्रस्तुत हुने छन ।

गैरआवासीय नेपाली बिज्ञहरुद्वारा अफ्रिका क्षेत्रका ठुला विकास निर्माणका परियोजनाका साथै आफ्ना अनुभव समेत प्रस्तुत हुने छ । बैठकमा नेपालमा प्रविधि र लगानीका साझेदारी र अनुभव साटन सकिने विषय माथी समेत छलफल हुनेछ ।

त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरु द्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम छ ।

मुल कार्यक्रम बाहेक नेपाली, युगान्डीयन र अफ्रिकिन सास्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठीको पनि आयोजना गरिने भएको छ । बैठक दुई दिनसम्म चल्नेछ ।