१२ बैशाख २०८१, बुधबार
Follow Us

धर्मको बारेमा पार्टीमा छलफल भएको छैन : सहमहामन्त्री डा महत

नेपालब्रिटेन संवाददाता
१५ पुष २०७५, आईतवार १३:३३

इलाम । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको बताउनुभएको छ । इलाम सदरमुकाममा पत्रकारसँग आज कुरा गर्दै डा महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट गर्नुभयो । डा महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने बताउनुभयो । डा महतले सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।