१३ बैशाख २०८१, बिहीबार
Follow Us

शिव परियारको आवाजमा नृपेशको नयाँ गजल (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ पुष २०७५, सोमबार १५:२३

लण्डन । बेलायतमा बस्दै आएका गजलकार नृपेश उप्रेतीको नयाँ गजल “फूल झैँ“ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

अहिलेका बहुचर्चित गायक शिव परियारले आवाज दिएको यस गजललाई रामकुमार रिमालले संगीतबद्व गरेका छन्।

बेलायतमा बसेर गीत गजल लेख्नेहरुमा गजलकार उप्रेतीको नाम अग्रपंक्तिमा आउँछ।

नेपाली चर्चित गायक गायिकाहरुको आवाजमा उनका ३ दर्जन भन्दा बढी गीत, गजलहरु यसअघि सार्वजनिक भइसकेका छन्।।

उनको पछिल्लो गजललाई निर्देशक कृष्ण पौडेलले म्युजिक भिडियोमा उतारेका हुन। रोमान्टिक भावको यो गजलको भिडियोमा उदयीमान नायिका आयूष्मा कार्कीको साथमा विमलको अभिनय रहेको छ ।