१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्मिङहममा टोपी दिवस (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१७ पुष २०७५, मंगलवार १८:०६

लण्डन । बेलायतको मिडल्याण्डस्थित बर्मिङहममा बस्ने नेपालीहरुले अंग्रेजी नयाँ वर्षलाई नेपाली राष्ट्रिय टोपी दिवसका रुपमा मनाएका छन् । नयाँ वर्षको दिन मंगलबार बिहान एक शुभकामना आदानप्रदान कार्यक्रम गरी छैठौं राष्ट्रिय टोपी दिवस मनाइएको हो ।

स्थानीय शान्ति नेपाली समाज बेलायतले ‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नारासहित उक्त कार्यक्रम आयोजना गरेको थियो । समाजका अध्यक्ष लिलाबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एनआरएन आईसिसीका सहकोषाध्यक्ष सोम सापकोटा तथा विशेष अतिथि एनआरएन यूकेका सचिव तारानाथ भण्डारी लगायतले टोपी दिवसको सन्दर्भ र महत्वको बारेमा बोलेका थिए ।

टोपी दिवसको माध्यमबाट आफ्नो परम्परा र संस्कृति नभुलौं भन्ने सन्देश दिने उद्धेश्यले कार्यक्रम गरिएको समाजका अध्यक्ष लिलाबहादुर थापाले बताए ।

नेपाली टोपी दिवस तथा अंग्रेजी नयां वर्षको शुभकामना आदानप्रदान गर्न कार्यक्रममा सहभागी बृद्ध, युवा, बालकदेखि महिलाहरुसम्म सबैले नेपाली ढाका टोपी लगाएर आएका थिए । कैयौं दौरा सुरुवालमा समेत सजिएका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रविण खरालले गरेका थिए ।
कार्यक्रममा सहभागी हुने सबै तथा भेन्यू उपलब्ध गराउने ग्रेञ्ज बार एण्ड ग्रिलका सञ्चालक लिलाधर चालिसेप्रति समाजले धन्यवाद ज्ञापन गरेको छ ।