१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मन्त्रि किरण गुरुङ्गसंग एनआरएन युकेले अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
१७ पुष २०७५, मंगलवार १८:५२

लण्डन । वेलायत भ्रमणमा रहेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङसंग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अन्तरक्रियाको आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ युकेकी उपाध्यक्ष पुनम गुरुङ्गका अनुसार मन्त्रि गुरुङ्गसंग भोलि (बुधवार) साँझ अल्डरशटमा सो कार्यक्रमको आयोजना हुन लागेको हो । अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन वेलायतस्थित नेपाली समुदायलाई एनआरएन युकेले आग्रह गरेको छ । गुरुङ्ग तमुधिं युकेको आयोजनामा सम्पन्न ल्होछार कार्यक्रममा भाग लिन वेलायत आएका हुन् ।