६ बैशाख २०८१, बिहीबार
Follow Us

युगान्डामा नेपाली साहित्य गोष्ठी

नेपालब्रिटेन डट कम्
१७ पुष २०७५, मंगलवार २२:२२

कम्पाला । गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको अबसरमा संघको भाषा तथा साहित्य उपसमिति र नेपाल अफ्रिका साहित्य समाजको आयोजनामा नेपाली साहित्य गोष्ठीको आयोजना गरियो ।
संघका संरक्षक तथा नियात्राकार जिबा लामिछानेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा अध्यक्ष भवन भट्ट , शिरोमणि दवाडी , सुनिल कार्की , चन्दा थापा , मनोज गोर्खाली, पासाङ्ग शेर्पा , हिक्मत थापा र रमेश कंडेल लगायतले आआफ्ना रचना बाचन गरे ।

कार्यक्रममा संघका कोषाध्यक्ष हिक्मत थापाको कबिता सङ्ग्रह चिबोकका केटीहरुको अफ्रिका बिमोचन इजिप्ट र युगान्डाका लागि नेपाली राजदूत झबिन्द्र अर्यालले गर्नु भएको थियो ।

संरक्षक लामिछानेले नेपाली भाषा र साहित्यको प्रबर्द्धन गर्नु पनि संघको एक मुल उद्देश्य रहेको जनाए । उनले गोष्ठीमा उपस्थित गैरआवासीय नेपालीहरुलाई मनमा आएका कुराहरूलाई लेख्न प्रयास गर्न अनुरोध गरे । गोष्ठीको संचालन उपसमितिका सदस्य एबम युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलले गरेका थिए।