२६ बैशाख २०८१, बुधबार
Follow Us

मन्त्री किरण गुरुङसंग लण्डनमा अन्तरक्रिया सम्पन्न

नेपालब्रिटेन डट कम्
१८ पुष २०७५, बुधबार १२:०३

लन्डन । रेस्टुरेन्टमा नेकपा स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्म्पन्न भयो । मंगलबार प्लमस्टेडको चौतारी रेस्टुरेन्टमा सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रूपमा नेकपा स्थायी समितीका सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले देसको बर्तमान राजनैतिक अबस्थामा प्रादेशिक सरकार र बिकास का सम्भावना सम्बन्धमा जानकारी गराउदै आगामी दिन बिदेशमा रहेका नेपाली जसले बिदेशमा सिकेको सीप र पूंजीलाई स्वदेशमा लगानीको बाताबरण सृजना गरिएकोले ढुक्क भयर लगानी गर्न अनुरोध गरे ।

उक्त कार्यक्रममा पुर्ब नेकपा माओबादीका केन्द्रिय सदस्य कर्ण साही र नेकपा माओबादी युकेका अध्यक्ष रण बहादुर केसीले मन्तव्य दिए ।
प्रबासी नेपाली मन्च युके र नेपाली जनप्रगतिशिल मंच युकेका सदस्यहरुले आफ्ना जिज्ञासाहरु राखेका थिए ।जिज्ञासा राख्ने क्रम मा प्रवासी नेपाली मञ्चका संस्थापक अध्यक्ष आङकलजङ लामा सल्लाहकार भक्त गुरुङ , नेपाल जनप्रगितिशिल मञ्चका युके का बा अध्यक्ष ठाकुर शर्मा, उपाध्यक्ष बिनोद ज्ञवाली, पुर्ब नेकपा माओबादी युकेका अध्यक्ष रण बहादुर केसी पुर्ब नेकपा माओबादी एकीकृतका केन्द्रिय सदस्य कर्ण शाही , प्रवासी नेपाली मञ्च पोर्तुगलका पुर्ब अध्यक्ष सुबास चन्द्र अधिकारि लगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रमको अध्यक्षता प्रबासी नेपाली मन्च युकेका कार्यबाहक अध्यक्ष रामजी बरालले गरेका थिए ।कार्यक्रमको सन्चालन ओएनएफ युकेका सदस्य डा. मुकुन्द बास्तोलाले गरे भने स्वागत मन्तव्य नेपाल जनप्रगतिसिल मन्चका कार्यबाहक अध्यक्ष ठाकुर शर्माले गरेका थिए ।