१३ बैशाख २०८१, बिहीबार
Follow Us

एउटै पदमा दुई जना अध्यक्ष चुन्दै नेदरल्याण्ड्स कांग्रेसको अधिवेशन सम्पन्न

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७३, मंगलवार २१:५५

img_0633

आम्स्टर्डम । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड्सको चौथो अधिवेशन आज आम्स्टर्डममा सम्पन्न भएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका दुई जनालाई नै अध्यक्ष घोषित गर्दै अधिवेशन सम्पन्न भएको हो ।
तीब्र विवादका बीच भएको सहमति अनुसार उत्तम कँडेल पहिलो वर्ष अध्यक्ष हुनेछन् भने अर्को वर्ष पदम क्षेत्री अध्यक्ष हुनेछन् । चितवनबाट नेदरल्याण्ड बसाइ सरेक कँडेल वर्तमान कार्यसमितिका महामन्त्री हुन् भने क्षेत्री संस्थापक उपाध्यक्ष रहिसकेका छन् ।

यसअघि नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधि पठाउने क्रममा कँडेललाई पार्टीको कमाण्ड सुम्पिने सहमति भएको र प्याकेजमा महाधिवेशन प्रतिनिधिहरू चुनिएको थियो । कँडेल महाधिवेशन प्रतिनिधि थिएनन् । तर उक्त सहमति धोका भएको र यसरी बाँडीचुँडी पदविभाजन गर्ने गलत संस्कारको विरोध गर्नु जरूरी रहेको उल्लेख गर्दै पदम क्षेत्रीले अध्यक्षमा दाबी गरेपछि विवाद र संघर्ष चुलिएको थियो । भागबण्डाको राजनीति गर्न नहुने बताउँदै उम्मेदवार बनेका क्षेत्री अन्ततः अध्यक्षको आधा भाग हात पार्न सफल बनेका छन् ।

अधिवेशनलाई कांग्रेस नेता प्रकाश शरण महतले संबोधन गर्ने भनिए पनि अन्तिममा उनी उपस्थित हुन नसक्ने जानकारी दिइयो ।