१३ बैशाख २०८१, बिहीबार
Follow Us

धेरै रङ नदेखाउनुहोस्, राजनीति गर्ने भए नेपाल आउनुहोस्: मन्त्रि गुरुङ

नेपालब्रिटेन डट कम्
१८ पुष २०७५, बुधबार २२:४४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले गण्डकी प्रदेश (४ नम्वर प्रदेश) का आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङ र पूर्व सभासद नगेन्द्र कुमालसंग अन्तरक्रिया गरेको छ । बुधवार अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा भएको सो कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रि गुरुङले विदेशमा बसेर फरक फरक रङ नदेखाउन अनुरोध गरे ।

उनले विभिन्न राजनीतिक रङ नदेखाए नेपालीको मात्र रङ देखाउन आग्रह गरे । उनले विदेशमा बसेका नेपाली समुदायलाई विदेशमा बसेर राजनीति नगर्न अनुरोध गर्दै राजनीति गर्ने इच्छा भए नेपालमै फर्किन आग्रह गरे । उनले विदेशमा सिकेको सिप, ज्ञान, प्रविधी र लगानी नेपालमा भित्राउन सकृय रुपमा लाग्न अनुरोध गरे ।

उनले गैरआवासीय नेपाली संघको नागरिकतालाई कसैले रोक्न नसक्ने वताउँदै संसदीय प्रकृया पुरा गरे पछि नागरिकता प्राप्तिको सुनिश्चिता हुने वताए । उनले सधैं नागरिकताको मात्र कुरा नगरेर साच्चिकै देशमा केही गरेर देखाउन समेत एनआरएनलाई आग्रह गरे ।

यस्तै पूर्व सांसद नरेन्द्र कुमालले नेपालमा सहज रुपमा लगानीको वातावरण र विदेशमा बस्ने नेपालीहरुले निर्वाचनमा भाग लिने अधिकारको सुनिश्चिता हुन पर्नेमा जोड दिए । उनले एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनाको कदर हुनु पर्ने वताए । उनले नेपालका जनजातीहरुले आफ्नो हक अधिकारको लागि आन्दोलन गरेको वताउँदै अहिलेको दुई तेहाईको सरकारले धेरै काम गर्न सक्ने भएको हुँदा सबै पक्षको मागलाई सम्वोधनको लागि पहल गर्न आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपालीहरुका समस्याहरुका बिषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा एनआरएनए यूकेकी उपाध्यक्ष श्रीमती पुनम गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङले गैर–आवासीय नेपाली नागरिकताको प्रकृति कस्तो हुने हो भन्ने जिज्ञासा राख्दै राजनैतिक नेताहरुले गैर–आवासीय नेपालीहरुको हितमा आफुले गर्न सक्ने कुराहरु मात्रै आस्वासन दिन आग्रह गरे ।

एनआरएनए यूकेका सल्लाहकार लक्ष बहादुर गुरुङ भूतपूर्व गोर्खाहरुको समानताको मुद्दामा नेपाल सरकारले कुटनैतिक भूमिका खेलेर र नेपाल–बेलायत सम्बन्धलाई नयाँ आयाम दिन आग्रह गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, आइसीसी सल्लाहकार सुरेन्द्र नेपाल श्रेष्ठ, आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङले लगायतले मन्तव्य दिए ।

कार्यक्रममा बिभिन्न संघसँस्थाहरुको बाक्लो उपस्थिती थियो । अन्तरक्रियामा भक्त गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङ, युवराज गुरुङ, जीव बेल्बासे, डेभिड गुरुङ, कमल गुरुङ, शेर सुनार, प्रेम गाहा, बिनय अधिकारी, होमनाथ पौडेल, रामचन्द्र गुरुङ, मिन गुरुङ, कुमार गुरुङ, क्रिस गुरुङ सहारा, हेम गुरुङ, दिल राज गुरुङ माछापुछ्रे, जुमकाजी बाचस्पती, कल्पना गुरुङ एशियन महिला यूके, समुन्द्र गुरुङ थाउजेण्ड गुरुङ, नारायण गुरुङ, दुत पुन, नेम थापा, पुरण गिरी, सपन गुरुङ, नरेश गुरुङ, क्या राजु, क्या. चित्र गुरुङ, नन्द कुमारी गुरुङ लगायतको उपस्थिती रहेको थिए ।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव राजकुमार त्रिपाठीले गरेका थिए । सहभागीहरुले कार्यक्रमको अन्त्यमा मन्त्रि गुरुङसंग विभिन्न जिज्ञाषा राखेका थिए ।
फोटो: बासपति रेग्मी