१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जापानमा नेवा:भ्वय डान्स पार्टी हुने

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार ०५:३९

टोकियो । टोकियोको आकाशाका मण्डलाको डी जे हलमा यहि अक्टोवर २ तारिख आईतवार “नेवा:भ्वय डान्स पार्टी हुने भएको छ । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले आइतवार बेलुकी ५ बजेदेखि १० बजेसम्म जापानमा नै पहिलो पटक आयोजना गर्न लागेको हो।

विशेष गरि नेपाली युवा पुस्ताहरुको इच्छा र आकांक्षालाई मध्य नजर गर्दै जापानको व्यस्त, थकाई र मानसिक तनावहरुलाई दुर गर्नकासाथै एक आपसमा सम्पर्क बिस्तार गर्नका निम्ति यस अर्गनाईजेशनले जापानमा पहिलो पटक नेवा:भ्वयसंगै डान्स पार्टीको शुरुवात गर्न लागेको हो ।

नेपाली डिजे-सुसानको डिजेइंग तालमा नाच्दै, नेवा:भ्वय परिकारको साथमा साथि भाइ संग रम्दै अक्टोवर २ को दिन सबैजना नेपाली जन समुदायहरुलाई उपस्थित भइ कार्यक्रम सफल पारिदिनुहुनको निम्ति हार्दिक अनुरोध गरिएको छ ।यसैगरी स्थानीय कलाकारहरु सकुल प्रजापति ,अनिल कुमार शाक्य ,रिया जोशी तथा एलिशा ताम्राकारले आफ्नो कला प्रस्तुत गर्ने भएको छ ।