१२ बैशाख २०८१, बुधबार
Follow Us

रेशम चौधरीको सपथ कानुनविपरित : तरुण दल

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७५, बिहीबार ०८:५९

काठमाडौं । कम्युनिस्ट सरकारले टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई कानून बिपरित जेलबाट निकालेर सांसद पदको सपथ गराउने कार्य नेपालको संविधान र कानूनी शसनको ठाडो उल्लंघन भएको नेपाल तरुण दलले निष्कर्ष निकालेको छ । चौधरीको सपथ लोकतान्त्रिक मूल्य मान्यता बिपरित भएको महासचिव भूपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७२ भाद्र ७ गते टीकापुरमा भएको निर्मम र बर्बरता पुर्ण हत्याकाण्डमा मारियका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याको आरोप लागेर अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्तिलाई सांसद पदको सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानूनी राज्यको उपहास गरेको छ । सरकारले गरेको यो अबैधानिक, निरङ्कुस, अमानवीय र अन्याय पुर्ण निर्णयको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ।’

आफ्नो सत्ता स्वार्थको नाममा हत्या गरिएका निर्दोष नागरिकका परिबारलाई थप पीडा दिने हर्कत नगर्न यो सरकारलाई नेपाल तरुण दल सचेत गराउन चाहन्छ, महासचिव शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।