११ बैशाख २०८१, मंगलवार
Follow Us

दलित विद्यार्थीलाई सहयोग

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार ०५:४३

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष डा .भरत श्रेष्ठले दाङको दलित परिवारका दुई बालबालिकाको पठनपाठनमा सहयोग गर्नुभएको छ । घोराही नगरपालिका वडा नं ४ चौघेरा निवासी सन्ध्या नेपाली तथा विशेषजङ्ग नेपाली दिपशिखा उच्चमाविमा क्रमश: कक्षा ७ र ५ मा अध्ययनरत छन्। टुहुरा ती बालबालिकाको फि तिर्न समेत समस्या परेपछि डा. श्रेष्ठले उनीहरुको पठनपाठनमा सघाउने तत्परता देखाउनु भएको थियो।
डा. श्रेष्ठ र उहाँको परिवारले पश्चिम नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीमा आफ्ना स्वर्गीय पिता भूपेन्द्रश्वर श्रेष्ठको संझनामा धर्मशाला बनाएको छ। त्यसैगरी दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा श्रेष्ठ परिवारकै लगानीमा धर्मशाला निर्माण भैरहेको छ ।
ब्रिटेनको प्लेमाउथमा सपरिवार बसीरहनुभएका डा. श्रेष्ठ तथा श्रीमती डा. रेखा श्रेष्ठले नेपाल तथा युकेमा पनि थुप्रै सामाजिक काममा सघाइरहनुभएको छ ।