१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्रीको सम्बोधन आइतबार

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७५, बिहीबार १२:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्नुहुने भएको छ । यही पुस ११ गतेदेखि शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा आज सम्भव नभएका कारण आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।