८ बैशाख २०८१, शनिबार
Follow Us

वाइडबडी जहाज खरिद घोटालाबारे लेखा समितिमा छलफल

नेपालब्रिटेन संवाददाता
२० पुष २०७५, शुक्रबार ०९:३०

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणबारे उपसमितिको प्रतिवेदनमाथि आजबाट छलफल शुरु गरेको छ । समितिको बैठकमा अहिले उपसमितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

प्रतिवेदनमाथि छलफल गरेर कारबाहीका लागि अख्तियारलाई बुझाउने समितिको तयारी छ । राजेन्द्र केसीको संयोजकत्वमा गठन भएको उपसमितिले ५२ पेज लामो प्रतिवेदन समितिलाई बुझाएको छ । प्रतिवेदनमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी सहित दुई पूर्वमन्त्री जीवनवहादुर शाही र जीतेन्द्र देवलाई कारबाहीको सिफारिस गरिएको छ ।

साथै नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई पनि कारवाहीको सिफारिस गरिएको छ । वाइडवडी जहाज खरिदमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको संसदीय समितिको निष्कर्ष छ ।