१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

नेपालब्रिटेन संवाददाता
२० पुष २०७५, शुक्रबार ०९:४५

काठमाडौं । आफूलाई तपस्वी भएको बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाढेगाउँस्थित आश्रममा प्रहरीले छानबिन सुरु गरेको छ । उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो । अनुसन्धान टोलीले शुक्रबार आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान सुरु गरेको हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धान सुरु भएको बताए । उनले फरेन्सिक टिम र विज्ञसहितको टोली खटाएर हराएका व्यक्तिको खोजी सुरु गरिएको जानकारी दिए । आश्रममा छापा मारेको प्रहरीले अहिलेसम्म घटनाका सम्बन्धमा कसैलाई पक्राउ नगरेको प्रवक्ता सुवेदीले बताए । मकवानपुरका सन्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोक आश्रमबाट हराएको निवेदन प्रहरीमा परेको छ ।