१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुरक्षा निकायका प्रमुखलाई कुरान प्रदान

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार ०७:४०

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा रहेकोे सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका (डिएसपी) प्रहरी नायब उपरीक्षकलाई कुरान प्रदान गरिएको छ ।

राष्ट्रिय मदरसा सङ्घले कृष्णनगरमा आउनुभएका (डिएसपी) प्रहरी नायब उपरीक्षक तारिखचन्द्र चौधरीलाई मुस्लिमको पवित्रा धार्मिक ग्रन्थ कुरान प्रदान गरिएको हो । प्रहरी नायब उपरीक्षक चौधरीसहित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रहरी निरीक्षक परशुराम पन्थी र इलाका प्रहरी कृष्णनगरका प्रमुख सञ्जय रिजाललाई स्वागत गर्दै कुरान दिइएको छ ।

राष्ट्रिय मदरसा सङ्घले समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्नका लागि अहोरात्र खटिने सुरक्षाकर्मीलाई मुस्लिमको धर्मको बारेमा पनि जानकारी होस् भन्दै कुरान प्रदान गरेको हो ।

राष्ट्रिय मदरसा सङ्घका अध्यक्ष मौलाना अब्दुल गनी अल्कुफी र महासचिव मौलाना मसहुद खाँ नेपालीले जिल्लाको शान्ति सुरक्षा मजबुद होस् भन्दै जिल्लामा सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक, नायब निरीक्षकको सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।