१३ बैशाख २०८१, बिहीबार
Follow Us

फेरि पार्टीभित्र लफडाको तयारी: वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन संवाददाता
२० पुष २०७५, शुक्रबार ०९:४७

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमान खरिदमा भएको अनियमितता ढाकछोप गर्न सरकारले छानविन समिति बनएको आरोप लगाएका छन् ।

तनहुँको दुलेगौंडामा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले अर्को छानविन समिति बनाएर ढाकछोप गर्न लागेको बताएका हुन् । प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिलाई अपमान गरेको उनले बताए ।

पौडेलले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूला ठूला काण्डमा सँगै हुने त होइनन् भनी शंका व्यक्त गरे । पौडेलले महासमिति पछि देशभर पार्टी एक भएको सन्देश गएको बेलामा फेरि पार्टीमा लफडाको तयारी भएको बताए ।