७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानसेनापति थापाको अर्थपूर्ण भारत भ्रमण

नेपालब्रिटेन संवाददाता
२० पुष २०७५, शुक्रबार १३:५४

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी शुक्रबार पुस २७ गतेबाट भारतको औपचारिक भ्रमण गर्ने । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनि पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन् । नेपाल र भारतबीच एक अर्को देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दज्र्यानी दिने प्रचलन छ । भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम छ ।

भारतको छ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कनुहुने सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।