१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘एमआइएस प्रणालीमा नजाने एनआरएनएले सदस्यता नपाउने’

नेपालब्रिटेन डट कम्
२० पुष २०७५, शुक्रबार १९:४३

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ८० देशका राष्ट्रिय समितिका पन्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा लैजाने निर्णय गरेको छ । एनआरएन युके, अमेरिका लगायत केही राष्ट्रिय समितिले आफु खुशी साधारण सदस्यता वितरण गर्न थाले पछि संघले सबै राष्ट्रिय समितिलाई केन्द्रियको एमआइएस प्रणालीमा लैजाने निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका महासचिव डा. बद्रि केसीको अध्यक्षतामा बसेको संघको नीति तथा प्रोसिडर समितिले आगामी फेब्रोवरी महिना देखी पन्जिकृत सदस्यता खुल्ला गर्ने निर्णय गरेको छ ।

तत्कालिन अध्यक्ष शेष घलेको भिजन २०२० को अवधारण अनुरुप तयार पारिएको एमआइएस सिस्टम गत अधिवेशनमा केही राष्ट्रिय समितिले मात्र प्रयोग गरेका थिए ।


आगामी निर्वाचनमा सबै राष्ट्रिय समितिका साधारण सदस्यको आवेदन अनिवार्य रुपमा एमआइएस प्रणालीबाट दिनु पर्ने नयाँ व्यवस्था गरिएको छ । संघको सदस्य बन्न चाहनेहरुले विदेशमा कम्तिमा दुई वर्ष बसेको प्रमाण सहित पासपोटको कपि अनिवार्यहरुमा पेश गर्नु पर्ने प्रावधान राखिएको छ ।

संघको पछिल्लो निर्णयले गैरआवासीय नेपाली संघ युकेले करिब १० लाख रुपैयाँको लागतमा खर्च गरेर बनाएको अनलाइन सदस्यता वितरण सम्वन्धि अनलाइन प्रोटल प्रभावित हुने भएको छ । संघले छुट्टै प्रणाली मार्फत सदस्यता वितरण गरिसकेका राष्ट्रिय समितिको सदस्यता केन्द्रिय प्रणालीमा समायोजन गर्न निर्देशन दिएको छ ।