१३ बैशाख २०८१, बिहीबार
Follow Us

नारी समाज पोर्तुगलको स्थगित दोश्रो अधिवेशन मार्चमा हुने

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७५, शनिबार ०६:३९

लिस्बन । महिलाहरुको सुख दुखको चौतारीको रुपमा रहेको नारी समाज पोर्तुगलको दोस्रो अधिवेशन मार्चभित्र गर्ने गरि तयारी तीब्र पारिएको छ । 16 डिसेम्बर 2018 मा गर्ने गरि तयारी गरिएता पनि सस्थापक सदस्यको मृत्युको बिचमा अधिबेशन परेकाले स्थगित गरिएको सस्थाकी अध्यक्ष सीता बरालले जानकारी दिनुभयो ।

महिला हिंसाविरुद्धमा 22 जुन 2014 मा स्थापना भएको समाजले बिदेशी भुमिमा हिम्सा कसरी हुन्छ भनेर महिला भेला मार्फत कारण पत्ता लगाइ समाधान गर्ने गरेको अध्यक्ष बरालले बताउनु भयो । बेरोजगारीकै कारण पुरुषहरुले महिलाहरूलाई प्रयोग गर्ने हुनाले बेरोजगार न्युनिकरणका लागि 25 जना महिलाहरूलाई 3 महिने ब्युटिसियन तालीम दिइएको र माग अनुसार पुनः दिने गरिएको नारी समाज पोर्तुगलले जनाएको छ ।

साथै समाजले पारिवारिक समस्या समाधान गर्ने गरेको छ भने महिलाहरुको सस्था भएता पनि पुरुषहरूको समस्या समेत सुल्झाउने गरेको जनाएको छ । समाजले महिला, पुरुषको पक्षमा मात्र नभई बालबालिकाहरुको क्षेत्रमा पनि काम गरेको छ । पोर्तुगलमा रहने बालबालिकाहरुले नेपाली भाषा नबिर्सिउन भन्ने हेतुले हिउँदे बिदाको सदुपयोग गर्दै एनआरएन पोर्तुगलको समन्वयनमा निशुल्क भाषा कक्षा संचालन गरिएको थियो । भने बालबालिकाको लागि चित्रकला प्रदर्शनी समेत गरिएको थियो । साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र महिला संघको आयोजनामा नेपाली बाल पुस्तक प्रकाशन गर्ने तयारी गरेको संघकि महासचिव मिना खरेलले जानकारी दिनुभयो ।

समाजले महिलाहरुको स्वास्थ्य र भाषालाई मध्यनजर गर्दै पोर्तुगलको डोना स्थाफानिया नामक हस्पिटलमा दोभाषे राख्न माग गरेको जनाएको छ । पोर्तुगलमा हुने प्रत्येक कार्यक्रमहरुमा कृयाशिल रहने नारी समाजले कला सस्कृती जोगाउन परदेशी भुमिमा आफ्नो सस्कृतिको प्रचार प्रसार समेत गरेको छ । भने स्वदेशमा गएका दैबी प्रकोपको बेलामा समेत सहयोग गर्ने गरेको महासचिव खरेलले जानकारी दिनुभयो ।

2 वर्षे कार्यकाल रहेको नारी समाजको पहिलो अधिवेशनमा 45 जना साधारण सदस्य रहेका थिए ।