१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी रकम जफत

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७५, शनिबार ०७:०५

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत गरिएको छ । खानेपानी सचिव गजेन्द्र ठाकुरले नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदार कम्पनीको खाताबाट गत बिहीबार ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराएका हुन् ।

ठेकेदार कम्पनी पुनः काम गर्न आउला भन्ने आशा भइरहेका बेला सचिव ठाकुरको यो कार्यले मेलम्ची खानेपानी आयोजना झन अन्योलतातर्फ धकेलिएको छ । खानेपानी सचिव र आयोजना प्रमुखले समयमै भुक्तानी गरेको भए मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीले आगामी माघ २७ गते मेलम्ची खोलामा अस्थायी बाँध बाँधेर काठमाडौंमा पानी ल्याउने तयारी थालेको थियो ।

तर, खानेपानी सचिव र आयोजना प्रमुखका कारण ठेकेदारले पाउनुपर्ने कानुनी रकम ३६ करोड रुपैयाँ नदिइएपछि आयोजनाको काम अन्योलता तर्फ धकेलिएको हो ।