१५ चैत्र २०८०, बिहीबार
Follow Us

आगामी सार्क सम्मेलन अनिश्चित

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार ०७:५६

काठमाडौं । पकिस्तानमा आयोजना हुने भनिएको उन्नाइसौं सार्क शिखर सम्मेलन अनिश्चित भएको छ । भारतले आपसी सम्बन्धलाई कारण देखाउँदै सहभागिता जनाउन नसक्ने जनाउ दिएपछि सार्कको आगामी नोभेम्वरमा इस्लामावादमा हुने भनिएको सम्मेलन अनिश्चित भएको हो । भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो । अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा एउटा देशले तयार गरेको वातावरणका कारण इस्लामावादमा हुने सार्क सम्मेलनमा सहभागी हुने अवस्था नरहेको र सार्कका अन्य राष्ट्रको समेत सम्मेलनका बिषयमा ‘रिजर्वेसन’ रहेको आफूले पाएको जनाइएको छ ।