११ बैशाख २०८१, मंगलवार
Follow Us

संविधान संशोधन गर्न प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री यादवको ११ बुँदे स्मरणपत्र

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७५, शनिबार १०:३१

काठमाडौं । सत्ता सहयात्री दल संघीय समाजवादी फोरमले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण गराएको छ । शनिबार बालुवाटारमा भएको नेकपा र फोरमका नेताहरुको भेटवार्तामा फोरमले आफ्ना पुराना माग सत्ताको नेतृत्वकर्ता दल नेकपालाई स्मरण गराएको हो । प्रधानमन्त्रीलाई बुझाइएको स्मरण पत्रमा ११ बुँदे ध्यानाकर्षण गराइएको छ ।

संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्न र राष्ट्रिय समस्याहरुलाई हल गर्न समेतका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसदको यसै सत्रमा विधेयक पारित गराउन उसले भनेको छ ।

बालुवाटारमा भएको भेटवार्तामा नेकपाका तर्फबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका सचिव विष्णु पौडेल सहभागी थिए । त्यस्तै, फोरमको तर्फबाट पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, महासचिव रामसहाय प्रसाद यादव र सचिव प्रकाश अधिकारी सहभागी थिए ।