१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकारी छानविनमाथि देउवाले उठाए प्रश्न ; वाइडबडी प्रकरण

sarusaru
२२ पुष २०७५, आईतवार ०५:०६

विराटनगर । विपक्षी दलका नेता शेरबहादुर देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका छन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको थियो । यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको देउवाले बताए ।

नेपाल राष्ट्रिय मगर संघले मोरङ्गको लेटाङ्गमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्याक्रममा कांग्रेस सभापति देउवाले भने, ‘वाइडबडीमा जुन भ्रष्टाचार भएको छ, छानविन कमिटी बनाएर त्यसलाई लुकाउन खोजेको हो कि ? बचाउन खोजेको हो कि भन्ने जायज शंका उठेको छ ।’

हाम्रो पार्टीले विपक्षमा भएपनि वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्नेहरुलाई कुनै हालतमा नछाड्ने उनले बताए । देउवाले भने, ‘ जो सुकै होस्, हम्रो पार्टीले छाड्ने छैन ।’

केपी होइन, करप्रसाद ओली

सरकारले उद्योगी व्यापारीहरुलाई दुःख दिएको र करमाथि कर थोपरेको कांग्रेस सभापति देउवाको आरोप छ । ‘त्यसकारण मैले ओलीको नाम नै करप्रसाद ओली राखेको छु,’ उनले भने । सरकारले कर लगाएर पैसा असुल्ने काम मात्र गरेको भन्दै उनले यसलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताए ।
अनलाइन खबर