१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७५, आईतवार ०५:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्वोधन गर्न लागेका हुन् । गत बिहीबार नै सम्वोधनको कार्यक्रम राखिएको भएपछि प्रधानमन्त्रीको ब्यस्तताका कारण हुन सकेको थिएन ।

संसदमा प्रधानमन्त्री ओलीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमितता लगायतका विषयमा सरकारको धारणा सार्वजनिक गर्ने बताइएको छ । सम्बोधनमा प्रधानमन्त्रीलेसमसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे पनि जानकारी गराउने छन् ।

बुधबार मात्रै संसदको सार्वजनिक लेखा समिति अन्र्तगतको उपसमितिले वाइडबडी खरिदका क्रममा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन समितिमा छलफल हुनुअघि नै सार्वजनिक भएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाउदै आएका छन् । सरकारले पनि सो विषयमा छानविन गर्न न्यायिक समिति गठन गरेको छ ।