१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दलित विद्यार्थीलाई सहयोग

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार ०८:०७

नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष डा .भरत श्रेष्ठले दाङको दलित परिवारका दुई बालबालिकाको पठनपाठनमा सहयोग गर्नुभएको छ।

घोराही नगरपालिका वडा नं ४ चौघेरा निवासी सन्ध्या नेपाली तथा विशेषजङ्ग नेपाली दिपशिखा उच्चमाविमा क्रमश: कक्षा ७ र ५ मा अध्ययनरत छन्। टुहुरा ती बालबालिकाको फि तिर्न समेत समस्या परेपछि डा. श्रेष्ठले उनीहरुको पठनपाठनमा सघाउने तत्परता देखाउनु भएको थियो।

डा. श्रेष्ठ र उहाँको परिवारले पश्चिम नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीमा आफ्ना स्वर्गीय पिता भूपेन्द्रश्वर श्रेष्ठको संझनामा धर्मशाला बनाएको छ। त्यसैगरी दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा श्रेष्ठ परिवारकै लगानीमा धर्मशाला निर्माण भैरहेको छ।

ब्रिटेनको प्लेमाउथमा सपरिवार बसीरहनुभएका डा. श्रेष्ठ तथा श्रीमती डा. रेखा श्रेष्ठले नेपाल तथा युकेमा पनि थुप्रै सामाजिक काममा सघाइरहनुभएको छ।