१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारी चिकित्सकहरुद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७५, आईतवार ०७:४४

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश र नयाँ संगठन संरचनाको विरोध गर्दे सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् ।

उनिहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धी आफ्ना माग पुरा नभएसम्म कोही पनि सरकारी चिकित्सकले सरकारले निर्देश गरेको समायोजन फारम नभर्ने बताएका छन् ।

स्वास्थ्यका सांगठनिक संरचनाहरूमा चिकित्सकलाई उपेक्षा तथा अबमुल्यन गरिएको भन्दै उनिहरुले मन्त्रालय घेराउ गरेका हुन् । स्वास्थ्यकर्मीलाई पटक–पटक विभेद गर्ने तथा मनोबल गिराउने कार्य भैरहेको भन्दै शान्तिपुर्ण ध्यानाकर्षण गराईरहदा समेत सरकारले बेवास्ता गरेको चिकित्सकहरुले गुनासो गरेका छन् ।

सरकारले वार्ता र सहमतिका लागि कुनै पहल नगरे आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरि आन्दोलनमा उत्रने चेतावनीसमेत उनिहरुले दिएका छन् ।