६ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार कुलुङको निधन

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७५, आईतवार ०९:२९

काठमाडौं । पत्रकार मकरध्वज (एमडी) कुलुङ राईको निमोनियाका कारण ४८ वर्षको उमेरमा आज बिहान निधन भएको छ । राजधानी दैनिकका वरिष्ठ उपसम्पादक राईको चावहिलस्थित हेल्पिङ् ह्याण्ड्समा उपचारका क्रममा निधन भएको हो । मधुमेह र उच्च उक्तचापबाट पीडित राईलाई केही दिनयता ज्वरोले च्यापेपछि शनिबार उपचारका लागि सो अस्पताल लागिएको थियो ।

विसं २०२७ कात्तिक १९ गते सङ्खुवासभाको साविक मकालु गाउँपालिका, बालुङमा जन्मनुभएका उहाँ शिक्षा पत्रकार समूहका पूर्व कोषाध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा छन् । उहाँको कुलुङ संस्कृतिअनुसार सोमबार अन्त्येष्टि गरिने जनाइएको छ ।