१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ट्रकको ठक्करबाट एकको मृत्यु

sarusaru
२३ पुष २०७५, सोमबार ०१:४५

भरतपुर : चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ ।

अर्का एक घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको ना६ख २३८१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा७१प ६४ नम्बरको मोटरसाइकलाई आइतबार अपराह्न ठक्कर दिएको हो ।

ठक्करबाट घाइते मोटरसाइकल पछाडि सवार गोरखा पालुङटार घरभई धादिङ बेनिघाटमा बस्दै आएकी रेखा श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल चालक उनका श्रीमान् गणेश श्रेष्ठ घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
रासस