१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जिप दुर्घटनामा चालकको मृत्यु

sarusaru
२३ पुष २०७५, सोमबार ०२:१४

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० हुँदुको भिरमा आज दिउँसो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्नपूर्ण–५ झोबाङ घर भएका जिप धनीसमेत रहेका चालक वर्ष ३५ का भीमबहादुर खत्री क्षेत्रीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

गाउँपालिकाको नयाँपुलबाट वडा नं ११ मच्चुयुतर्फ यात्रु लिन जाँदै गरेको ग१ज ५१९७ नंको जिप दिउँसो १३ः३० बजे सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीको भनाइ छ । जिपमा अन्य यात्रु नरहेका कारण ठूलो मानवीय क्षति टरेको वडाध्यक्ष हिम गुरुङले बताए । दुर्घटना के–कति कारणले भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोकान्तर