६ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्री अधिकारीले बोलाए पत्रकार सम्मेलन

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७५, सोमबार ०४:०१

काठमाडौं । वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाजबारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा घोषणा गर्ने सम्भावना रहेको उनीनिकट स्रोतले बतायो । राजीनामा दिनेबारे अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरिरहेको बुझिएको छ । आजै ११ बजे सार्वजनिक लेखा समिति बैठक रहेको र सो बैठकमा मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी छ ।

यसअघि नै पत्रकार सम्मेलन बोलाएका मन्त्री अधिकारीले पदीय नैतिकताका आधारमा राजीनामा घोषणा गर्न सक्ने नेकपाका एक उच्च नेताले जानकारी दिएका हुन् ।