१५ चैत्र २०८०, बिहीबार
Follow Us

वैज्ञानिक सम्मेलनबाट बचेको रकमले विद्यालयलाई सहयोग

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार ०८:४०

काठमाण्डौं । नेपालमा गतहप्ता सम्पन्न वैज्ञानिक सम्मेलनबाट बचेको रकम बाग्लुङको अमलाचौरस्थित पृथ्वी माविमा जाने भएको छ । वैज्ञानिक सम्मेलनबाट बचेको ४ लाख रुपैया पृथ्वी उच्च मावि अमलाचौरको शैक्षिक गुणस्तर वृद्दीका लागी प्राप्त भएको सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले बताए ।

सो रकम पूर्व विद्यार्थीहरुको सँस्था अमलाचौर एलुम्नाई मार्फत विद्यालयमा खर्चिने भएको छ । सम्मेलनको संयोजकको हैसियतले डा हेमराज शर्माको प्रस्तावलाई अन्तर्रा्ष्ट्रिय सल्लाहकार बोर्डले स्वीकार गर्दै सो रकम विद्यालयमा सहयोग गर्न राजी भएको हो ।

विद्यालयको शैक्षिक गुणस्तर बृद्दीको लागि रु १ करोड पुर्याउने दोश्रो चरणको सहयोग संकन अभियानका सरिक हुन एलुम्नाइका अध्यक्ष समेत रहेका डा शर्माले सबैलाई आग्रह गरेका छन् ।
नेपालमा पहिलो पटक आयोजना भएको सो सम्मेलनमा ३० देशका १ सय ५० वैज्ञानिक सहभागी थिए ।