१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौंमा हल्का वर्षा, नजिकका डाँडामा हिमपात

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७५, सोमबार ०७:२६

काठमाडौं । उपत्यकासहित देशका केही पहाडी भूभागमा आज विहान हिउँदे वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण यो सालको पहिलो हिँउदे बर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जनाएको छ ।
जुम्ला लगायत पश्चिमी पहाडी जिल्लामा भने हिजोदेखि नै हिमपात भएको छ । हिमपातका कारण बाली राम्रो हुने भएपछि किसान खुसी भएका छन् । चन्द्रागिरी पुल्चोकी र दामन लगायतका क्षेत्रमा पनि हिमपात भएको छ । भारी बर्षाको सम्भावना नरहेको विभागको भनाई छ । मौसमविदका अनुसार आज साँझसम्म नै उपत्यका सहित पूर्वि नेपालको आकाश बादलले ढाक्नेछ । मंगलबारदेखि भने मौसम क्रमश खुल्नेछ ।