१२ बैशाख २०८१, बुधबार
Follow Us

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७५, मंगलवार ०९:३२

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । उनले सोमबार नै महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए ।

निगमका तत्काली कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड भ्रष्टाचारको मुद्दा दायर गरेकै दिन सरकारले निगममा पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँचमध्ये तीन जनाको नाम छनोट गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाएको थियो । उक्त मन्त्रालयले पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो ।