११ बैशाख २०८१, मंगलवार
Follow Us

विकलाई रिहा गर्न महासङ्घको माग

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७५, मंगलवार १३:३२

काठमाडौं । नेपाल पत्रकार महासङ्घले समाचारको विषयलाई लिएर बझाङबाट सञ्चालित ‘साइपाल’ अनलाइनका सम्पादक गणेश विकलाई रिहा गर्न माग गरेको छ । आज महासङ्घका सचिव प्रकाश थापाले विज्ञप्ति जारी गर्दै विकलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै तत्काल रिहा गर्न माग गर्नुभएको छ । समाचारप्रति गुनासो वा असहमति रहे त्यसको कानूनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिएको यो घटना स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप भएको महासङ्घको ठहर छ ।

महासङ्घका अनुसार प्रहरीबारे समाचार प्रसारण गरेका भन्दै प्रहरीले विकलाई पुस १९ गते पक्राउ गरी साइबर क्राइमसम्बन्धी मुद्दा लगाउन काठमाडौँ ल्याएको छ ।