११ बैशाख २०८१, मंगलवार
Follow Us

घूस लिएको आरोपमा मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७५, मंगलवार १३:४५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा डिभिजन वन कार्यालय म्याग्दीको सबडिभिजन मङ्गलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठ कटानीसम्बन्धी मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग वन अधिकृत ठाकुरले रु ३३ हजार घूस लिएको आरोप लगाउँदै मुद्दा दायर गरेको आयोगले जनाएको छ । आयोगको पोखरा क्षेत्रीय कार्यालयबाट गएको टोलीले केही दिनपहिले अधिकृत ठाकुरलाई पक्राउ गरेको थियो ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।